वर्तमानकाल संवाददाता । रौतहट । फाल्गुन ०६गते
रौतहटमा सरस्वती माताको मूर्ति बिसर्जन गरिएको छ । बुधवार रौतहट सहित देश भरीका बिधालय तथा सरस्वती माताको मन्दिरमा पूजापाठ गरी धुमधामका साथ सरस्वती पूजा गरिएको थियो ।
त्यस्तै सरस्वती पुजा ग
रीको भोली पल्ट हिन्दु परम्परा अनु्सार बिर्सजन गर्ने चलन रहेको छ । सरस्वती माताको मुर्तीलाई बाजा गाजाको साथमा मुख्य चौक तथा बजार परिक्रमा गरी नदी तथा पोखरीमा लगेर बिर्सजन गरी डुबाउने परम्परा रहेको छ ।
परिक्रमा गर्ने क्रममा सबै सहभागीहरु एक आपसमा अबिर लगाई सरस्वती माता कि जय भनी जयकार गर्ने गर्छन् । यो परम्परा सुरु देखि नै चल्दै आइरहेको छ ।
पोखरीको किनारमा लगी डुबाउने बेलामा माताको अन्तिम पुजा गरी पोखरीको बिच भागमा लगि अन्तिम बिधाई गरिन्छ । अन्तिम बिदाई गरी सके पछी सबै सहभागी तथा बिधार्थीहरु प्रसाद ग्रहण गरी फेरी नाच गान गरी आ आफनो घर फर्किन्छन् ।