वर्तमानकाल संवाददाता । देवाही गोनाही । फाल्गुन ०८ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइएको छ । सरकारले कोरोना भाइरस विरुद्ध खोपको पहिलो डोज लगाउने तयारी गरेको थियो । सोही अनुसार लगाइएको हो । सरकारले गत माघ पहिलो साता भारतको सिरम कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप चरणवद्ध रुपमा लगाइरहेको छ । सरकारलाई भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएका थियो । सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनर लाई खोप लगाउने निर्णय गरेको थियो ।
देवाही गोनाही नगरपालिका र कटहरियामा गरि जम्मा ५२ जना लाइ सबै कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्यकर्मी विनोद गुप्ताले जानकारी गराउनु भयो ।