आरके श्रीवास्तव । बौधिमाइ । फाल्गुण ८ गते
रौतहट जिल्ला बौधिमाइ नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल र बौधिमाईमा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा श्री आधारभुत विधालय इनरवारीमा सम्पन्न भएको थियो । सो नगरपालिकाको वडा नम्बर ०४ मा शिविर आयोजन गरिएको थियो । शुक्रबार सम्पन्न भएको शिविरमा ४ सय २५ जना आँखाका विरामीहरु लाइ चेकजाँच गरिएको थियो । जस मध्ये १ सय ७२ जना लाइ मोतिया बिन्द साबित भएको छ । उनीहरु लाइ गौर आँखा अस्पतालमा मोतियाबिन्द अपरेशन र चश्माका लागि सिफारीस पनि गरिएको छ । शिविरको उदघाटन प्रदेश सांसद रामकिशोर यादव र सो नगरपालिका मेयर राजिव रंजन यादवले गर्नु भएको थियो ।