रौतहट । फाल्गुन ०८ गते
बौद्धिमाइ नगरपालिमा सुरक्षा घेरा बिच शहरी विकास मन्त्री प्रभु साहले गरे स्वास्थ चौकी उद्धघाटन गर्नु भएको छ । उद्धघाटन गर्नको लागि अत्यधिक संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको थियो । यस अघि उद्धघाटन गर्न पुगेका मन्त्री साहलाइ स्थानियहरुले फर्काइ दिएका थिए । बौधिमाइ नगरपालिका वार्ड ८ सरमुजवा मा केहि महिना पहिलै उद्घाटन भैसकेको स्वास्थ चौकी लाई फेरि उद्घाटन गर्न खोजदा त्यहाँका स्थानीय द्वारा विरोध स्वरुप सहरी बिकास मन्त्री प्रभु साहलाइ कालो झणडा देखाएर बिरोध
गरेका थिए । यस विषयमा सो वडाका वडाध्यक्ष उपेन्द्र दास सँग सोध्दा पहिला नै उदघाटन भइसकेको स्वास्थ चौकीको उदघाटन गर्नु कुनै औचित्य नरहेको प्रतिक्रिया दिए । आफनो वाह वाही लुटनको लागि मात्र यस्तो हर्कत गरेको वहाँले बताए । यस्तो काम निन्दनिय रहेको दासले बताए ।