वर्तमानकाल संवाददाता । रौतहट । फाल्गुण १० गते
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध जनता समाजवादी पार्टी रौतहटले आइतवार प्रत्येक पालिकामा विरोध प्रदर्शन गरिएको छ ।
पार्टिको केन्द्रिय कमिटिको निर्णय अनुसार नै जनता समाजवादी पार्टी रौतहटले आइबार जिल्लाभरीको प्रत्येक स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
जसपालृ जिल्लाको गौर , गरुडा , फतुवाविजयपुर सहितका रौतहटका १८ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोधको कार्यक्रम गरिएको जनाइएको हो ।
आइतवार विहान ११ बजेदेखी विरोध प्रदर्शनको कार्यक्रम शुरु गरिएको थियो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेदेखी नै जनता समाजवादी लगाएतका पार्टीले संसद विघटन खारेज गरी संसद पुन बहाली गर्नुपर्ने माग राखेर आन्दोलनरत रहेका छन ।