रौतहट । फाल्गुन १० गते
वर्तमानकाल दैनिकको आजको अन्तरवार्ताका लागि हाम्रा अतिथि हुनुहुन्छ नेपाली कांग्रेसका युवा नेता कटहरिया निवासी राजाबाबू शाहज्यू उहाँसँग यस अन्तर्गतका विषयवस्तुहरू सुरु गर्न चाहन्छौं , सर्वप्रथम स्वागत छ तपाईंलाई।।।
धन्यवाद । वर्तमानकाल दैनिक सम्पूर्ण प्रकाशक समुहलाई
प्रश्न नम्बर १ ( सर्वप्रथम तपाई आफ्नो परिचय सहित हाम्रा सम्पूर्ण पाठकहरुलाई आफ्नो परिचयबाट सुरुवात गरिदिन अनुरोध गर्दछु ।
जबाफ ( मेरो नाम राजाबाबू साह, म कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा बसोबास गर्दै आएको छु । म नेपाली कांग्रेस रौतहट जिल्ला क्षेत्र नम्बर ३ विधानसभा ख का उपसभापति पनि छु । नेपाली कांग्रेस पार्टीका लागि,हाम्रो पार्टीका युवाहरुका लागि हरदम सहयोगको भावनाले तत्पर रहने एक पार्टी कार्यकर्ता पनि रहेको छु ।
प्रश्न नम्बर २ ( तपाईलाई यो राजनीतिमा कसरी उत्सुकता आयो रु कसरी तपाई जाग्नु भयो राजनीतिक गर्नलाई रु
जवाफ ( यस प्रसंगमा भन्नुपर्दा म विद्यार्थी जीवनदेखि नै राजनीतिक पेसामा लागेको छु । र राजनीति गरेको जस्तो महसुस गर्छु । म क्याम्पस पढ्दाखेरि नै राजनीतिमा प्रवेश गरेका थिए । म वीरगन्ज ठाकुरराम क्याम्पसमा पढ्दा त्यहाँ छिर्ने बित्तिकै मलाई राजनीतिको चासो लागिसकेको थियो ।कॉलेजमे प्रवेश गर्ने बित्तिकै राजनीतिले मलाई छोइसकेको थियो । २०५८ सालमा म कलेज प्रवेश गरे त्यसपछि राजनीति यात्रा शुरू भयो । त्यस्तै २०६२ सालमा राजनीतिमा लागिसके त्यहाँ कलेजमा म स्ववियु बाट कोषाध्यक्षमा निर्बाचित पनि भए त्यस पछाडी म सभापतिमा चुनाव लडे। त्यसै साल देखि म जिल्ला लगायत केन्द्रसम्मको राजनीतिमा प्रवेश गरे । यस अवसरमा म जिल्लाको नेविसङ्घको उपसभापति बन्न पुगे अनि केन्द्रको नेपाल विद्यार्थी सङ्घको म एक नम्बरमा चुनाव जितेर आए ।
प्रश्न नम्बर ३ ( तपाईंले राजनीतिक पेसा रोज्नुभएको छ , राजनीतिमैं लाग्नु तपाईंको मुख्य उद्देश्य के हो रु
जवाफ ( बड़ा खुशी लाग्दो प्रश्न गर्नु भएछ तपाईले,मलाई यो राजनीतिकमा लाग्नुको मुख्य उद्देश्य नै जनताको सेवा गर्नु हो । म निरन्तर जनतालाई सेवा गर्दै आएको छु, निरन्तर सेवा गर्नेछु । यसका लागि नै म राजनीतिक गर्न चाहन्छु जसले सबैको भलो होस् गरिब निमुखा जनताहरुले खेपिरहेका विभिन्न समस्याहरुको समधान गर्न पाए मैले धेरै खुसी महसुस हुने भएकोले राजनीति मैले जनताको सेवाको लागि मात्र रोजेको छु।
प्रश्न नम्बर ४ ( राजनीतिकमा युवाहरुलाई खासै अवसर दिँदैन १ पहिलेदेखि नै योगदान दिएकाहरुले नै पहिले अवसर पाउने जस्ता राजनीतिक कर्ताहरुले बताएका छन् यसमा तपाईंको भनाइ के छ रु
जबाफ (यस सन्दर्भमा कुरा गर्दा अबको राजनीतिक माहौलले देखाएको छ, पार्टी भित्र केही युवाहरुको सक्रियता नभए कुनैपनि सन्दर्भमा वा बाटोमा हिड्न निकै कठिनाइको सामना गर्नु पर्ने हुन्छ । त्यसैले म आगामी नेपाली कांग्रेसको योजना पनि सुन्दै हेर्दै आएको छु , अबको राजनीतिकमा युवाहरूको पनि भविष्य राम्रो छ । हामीले बुझेका छौं हाम्रा पार्टीका विभिन्न अग्रज व्यक्तिहरुले युवाको सक्रियताले नेपाली कांग्रेस पार्टी बलियो हुने विश्वास देखिएको छ । अब युवाहरुलाई पार्टीमा प्रवेश गराई विभिन्न अवसरहरु दिने कार्य भइरहेको छ । हाम्रो नेपाली कांग्रेसले पार्टीका विभिन्न अग्रज राजनीतिक कर्ताहरु बताउनुहुन्छ यसै सन्दर्भमा हाम्रा रौतहट जिल्ला सभापति एवं पूर्व सांसद कृष्ण यादवले हाम्रा पार्टीको कार्यक्रममा भन्नुभएको थिए कि अबको राजनीतिकमा हामी कम्तिमा ७०५ युवाहरूलाई ग्राह्यता दिन्छौ, अवसर दिन्छौ। जसले हाम्रो राजनीतिक यात्रा सफल हुन्छ र विभिन्न राजनीतिक लडाइँहरु लड्न नयाँ जोश र जागर प्राप्त हुन्छ ।यो कुराले म विश्वस्त छु , अबको राजनीतिकमा नेपाली कांग्रेसमा पनि युवाहरूको भविष्य राम्रो देखिएको छ ।
प्रश्न नम्बर ५ ( तपाईं केन्द्रीय संघ युवाको नेतृत्व गर्दै हुनुहुन्छ, यस विषयमा अहिलेको देशको राजनीतिक स्थिति परिस्थितिलाई तपाई कसरी लिनुहुन्छ रु
जवाफ ( अहिलेको यस नेकपाको ओली सरकारले जुन कदम चालेको छ । असंवैधानिक , अलोकतान्त्रिक र प्रतिगमनकारी कदम यसको हामी नेपाली कांग्रेस लगायत नेपाली कांग्रेसका युवा वर्गबाट पनि घोर भर्त्सना गर्दछु साथै देशमा लोकतन्त्र यत्तिकै आएको छैन, धेरै संघर्ष पश्चात देशमा लोकतन्त्र आएको छ । लोकतन्त्र भएपश्चात मात्र देशको विकास तथा युवावर्गको विकास र समग्र जनता लगायत देशको विकासमा सहयोग पुग्छ । हालको यो ओली सरकारले जुन हाम्रो देशको संबिधान माथी प्रहार गरेका हुन,लोकतन्त्रमाथि प्रहार गरेका हुन् यसबाट जोगाउन तथा बचाउनका लागि, देशलाई संरक्षण गर्नका लागि नेपाली काँग्रेस तथा हाम्रा नेपाली कांग्रेसका युवावर्ग हरु लागेका छौं । देश बाचेमा मात्र हामी र हाम्रा देशका जनता बाँच्ने भएको हुँदा यसको बारेमा बिस्तृत रुपमा विचार विमर्श नेपाली कांग्रेस पार्टी भित्र भईरहेको छ ।
प्रश्न नम्बर ६ ( तपाईंहरूको आन्दोलन जिल्लास्तरीय, नगर स्तरीय र वडास्तरिय पनि भयो तर त्यसले केही खासै असर परेन यसमा तपाईं के भन्न चाहनुहुन्छ रु
जवाफ ( एकदमै असर पर्छ यसमा कुनै चिन्तै लिनुपर्ने कुरा होइन । लोकतन्त्रलाई जोगाउन हाम्रो पार्टी नेपाली कांग्रेसले गर्दै आएको विभिन्न चरणका आन्दोलनहरू निरन्तर जारी नै छ । आगामी दिनहरुमा पनि जारी रहने छ र पछि यसका असरहरु पनि पर्ने छन् यसमा म पूर्ण विश्वस्त छु अनि तपाईहरु पनि पूर्ण विश्वस्त हुनु । यसलाई आगामी दिनमा अरु सशक्त बनाउन विभिन्न योजनाहरु पनि बन्दैछन र एकातिर हामी देशको न्यायपालिका, न्यायालय तर्फपनि हेरिरहेका छौं न्यायालयले दिएको निर्णय सबैलाई मान्य हुने हुदा त्यसकै आधारमा हामी लाग्ने छौ । नेपाली कांग्रेस पार्टी कानुनको आधारमा, देशको नियम कानुनको आधारमा राजनीति गर्ने पार्टी हो । यसले देशको लोकतन्त्र, समाजवादलाई बचाउन हरेक समय जनता समक्ष प्रस्तुत हुने समेत हामी जानकारी गराउन चहन्छौ ।
प्रश्न नम्बर ७ ( न्यायालयले यदि चुनाव गराउनै पर्ने जस्तो निर्णय गर्यो भने तपाईंको पार्टी नेपाली कांग्रेसले के गर्छ चुनाउमा जान्छ किरु
बहिस्कार गर्छ रु
जबाफ ( नेपाली कांग्रेस पनि चुनावमा जान्छ । यसमा कुनै शंकै छैन किनभने न्यायालयले दिएको न्याय, सर्वोच्चले गरेको आदेश सबैले मान्नै पर्छ । यो लोकतन्त्र हो र लोकतंत्रमा सबैले देशको कानून माने जस्तै हामी नेपाली कांग्रेसले पनि कानुनबद्ध भएर देशको कानुन नछोडी मानेर चल्ने हुँदा सर्वोच्चको निर्णयको आधारमा हामी चुनावमा जान तयार छौं । यदि उच्च अदालतले निर्णय गर्यो भने १
प्रश्न नम्बर ८ ( न्यायालयले कुनै न्याय नदिए अथवा कुनै निर्णय ननिकाले पनि तपाईहरुले यतिको आन्दोलन किन गर्नु भएको हो यसको के औचित्य रु
जवाफ ( यो प्रसङ्ग छुट्टै हो, अदालतले दिएको न्याय सबैले मान्नुपर्छ । नेपाली कांग्रेसले पनि मान्छ तर अहिलेको यो नेकपाको ओली सरकारले जुन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदम चाल्नु भएको छ । देशको संविधानमा कही कतै यसरी असंवैधानिक तरिकाले संसद् विघटन गर्ने बारेमा उल्लेख गरिएको छैन । संविधान विपरीत सरकारले चालेको कदमको बिरुद्धमा हामीले आन्दोलन गरेका हौ । देशको कानुन बमोजिम सबैले चल्ने हुँदा सरकारले किन त्यसलाई मिचेको, सरकारले नै बनाएको कानुन, सरकारले नै नमान्ने हुँदा हामी आन्दोलन गरेका छौ ।
प्रश्न नम्बर ९ ( अन्त्यमा तपाई सम्पूर्ण पाठकज्युहरुलाई के संदेश दिन चाहनु हुन्छ रु
जवाफ ( कार्यक्रमको अन्त्यमा आइसके अब म आफ्नो सम्पूर्ण पार्टी कार्यकर्ता लगायत युवा वर्गका युवा पीढ़ीलाई के भन्न चाहन्छु कि तपाइहरु नेपाली कांग्रेसको यो बिरोध प्रदर्शनमा जून वर्तमान सरकारले चालेको कदमको बिरुद्धमा लागेर देशको लोकतन्त्रलाई बचाउन सहयोग गर्नुहोस । यदि न्यायालयले चुनावको अवस्था सिर्जना गर्यो भने त्यस्ता निरंकुश शासन गर्ने पार्टीको सरकारलाई राम्रो तरिकाले चिन्नू होस । यति भन्दै आफ्नो दुई शब्द राख्न मौका दिने यस वर्तमानकाल दैनिकका प्रकाशक समुहलाई धेरै धेरै धन्यवाद दिदै बिदा हुन चाहन्छु । नमस्कार ।