वर्तमानकाल संवाददाता । रौतहट । फागुन १० गते
रौतहटको मौलापुर नगरपालिकामा जनता समाजवादी पार्टीद्वारा प्रधानमन्त्री ओलिले चालेको असम्बैधानिक,अलोकतांत्रिक र प्रतिगमनकारी कदमको विरुद्ध प्रदर्शन तथा रैली सम्पन्न भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्ध पालिका स्तरीय विरोध प्रदर्शन कार्यक्रम जनता समाजवादी पार्टी बौद्धिमाई नगरपालिका नगर कार्य समितिद्वारा आयोजना गरिएको थियो ।
मौलापुर नगरपालिका निवासी जसपा युवा संघका प्रदेश सदस्य लखिन्द्र यादवको सक्रियतामा निकालिएको रैली तथा प्रदर्शन कार्यक्रम मौलापुर नगरपालिका मौलापुर बजारको परिक्रमा गरि रैली निकाली भब्य रुपमा विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा जसपाका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुले सम्बोधन गर्दै देश तथा मधेशको विकास,संघीयता, मधेशी जनताको हक, अधिकार तथा लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि जनता समाजवादी पार्टी नै सर्बोपरि रहेको बताएका छन ।
विरोध सभा कार्यक्रममा मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरियाका वडा अध्यक्ष बिरबल राय यादव , जसपाको गगनदेव साह, रत्नेश श्रीवास्तव लगायत जनता समाजवादी पार्टीका नगर कार्य समिति,वडा कार्य समिति र सम्पूर्ण जसपाका नेता कार्यकर्ता तथा सर्व साधारणको उपस्थिति रहेको थियो ।