वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण ११ गते
रौतहटको कटहरिया नगरपालिकाको सिसीटिभि क्यामरा विग्रेका कारण कटहरिया बजारमा पछिलो समय चोरीको संख्या बढेको छ ।
कटहरिया नगरपालिकाले चोरी डकैती, अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कटहरिया बजारमा सिसीटिभि क्यामरा जडान गरेको छ ।
विशिष्ट ब्यक्ति र संवेदनशिल ठुला घर घराना तथा पसलहरुहरुमा समेत निगरानी राख्न कटहरिया नगरपालिकाले नगरपालिका कार्यालयको पछाडि बहादुरपुर गरुडा सडकखण्डलाई जोडने र बजारतिर जाने मुख्य सडकमै सिसिटिभी क्यामरा जडान गरेको थियो ।
उक्त सिसीटिभि क्यामराले कटहरिया बजारमा हुने चोरी डकैती तथा अपराधिक क्रियाकलाप गर्नेहरुमाथी निगरानी राख्दै आएको छ जसले गर्दा ठुला किसिमका अपराधिक घटना नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुनबाट जोगाउन सिसिटिभी क्यामराले महत्वपूर्ण सहयोग पु¥याएको छ । तर कटहरिया नगरपालिकाले जडान गरेको उक्त सिसीटिभि क्यामरा विग्रेर बन्द अवस्थामा रहेको छ । कटहरिया बजारको सिसीटिभि क्यामरा विग्रेर बन्द भएको महिनौ भइसकेको छ ।
करिव २ महिनादेखी सिसीटिभि क्यामरा बन्द भएकोले कटहरिया बजारमा फेरी चोरी डकैती जस्ता घटनामा वृद्धि भएको छ ।
महिनौदेखी कटहरिया बजारको सिसीटिभि क्यामरा बन्द भएपनि कटहरिया नगरपालिकाका जनप्रतिनिधिहरुले मर्मत सम्भार गरी सुचारु गराउन कुनै चासो लिएका छैनन ।
विकास निर्माणको नाममा वार्षिक करोडौ बजेट सिध्याउने जनप्रतिनिधिले जनताको जिउधनलाई सुरक्षा गर्ने तथा जनतालाई प्रत्यक्ष फाइदा हुने एउटा सिसीटिभि क्यामरालाई मर्मत सम्भार गराई सुचारु गराउन सकिरहेका छैन ।
वार्षिक करोडौको बजेट चलाउने जनप्रतिनिधिले एउटा बन्द सिसीटिभि क्यामरा सुचारु गराउन नसक्नु लजास्पद भएको स्थानीयहरुले बताएका छन ।
मेयर शियाराम कुश्वाहा लगाएतका जनप्रतिनिधिले आफुलाई बढी फाइदा हुने बजेट चलाउने जस्ता काममा मात्रै केन्द्रित रहेको र जनतालाई फाइदा हुने काम गर्न नसकेको स्थानीयहरुले आरोप लगाएका छन ।
जनप्रतिनिधिहरुको बेवास्ता र गैरजिम्मेवारीपनका कारण बन्द क्यामरा सुचारु हुन नसकेको स्थानीयहरुको भनाई छ ।
कटहरिया बजारको विग्रेर बन्द भएको सिसीटिभि क्यामरा तुरुन्त मर्मत सम्भारर गरी सुचारु गराउन स्थानीयहरुले नगरपालिकासँग जोडदार माग गरेका छन ।
पहिला पहिला अति विशिष्ट ब्यक्ति र संवेदनशिल ठुला घर घरानाहरुमा निगरानी राख्न सिसिटिभी क्यामराको प्रयोग गरिन्थ्यो तर आजभोलि चोरी डकैती, अपराधिक क्रियाकलाप नियन्त्रण लागी भन्दै प्रत्येक घर, सडक चोक र कार्यालयहरुमा समेत सिसिटिभी क्यामरा जडान गर्ने गरिन्छ । पछिल्लो केहि दिन अघि नगरपालिका कै मुल गेट अगाडी बाट चोरी एउटा मोटरसाइकिल चोरी भएको घटना बाहिर आएको थियो । यस विषयमा नगरप्रमुख सियाराम कुशवाहा सँग सोध्दा विजुली तार पोल सारने काम भइरहेकोले केहि महिना देखि सिसि कैमरा अबरुद्ध भएको भन्दै रोड निमार्णको काम सम्पन्न भएपछि मात्र संचालन गराउने प्रतिक्रिया दिए ।