वर्तमानकाल समाचारदाता । फतुवा बिजयपुर । फाल्गुन ११ गते
फतुवा बिजयपुर नगरपालिकाको एक मात्र नमुना बिध्यालय श्री मा वि दुधिअवामा बसेको अभिभावकहरुको भेलाले प्रेम चौधरीको अध्यक्षता विध्यालय व्यवस्थापन समिति सर्व सहमत रुपले गठन गरेको छ ।
गत वर्षको फागुन महिनामा टेकनाथ पौडलको अध्यक्षता रहेको बि. ब्य. स . को पदावधि सकिएपछि हालसम्म समिति बन्न सकेको थिएन । गत असोज महिनादेखि पटक पटक अभिभावक भेला गर्दा पनि सहमति हुन नसकेकोले अब अन्तिम पटक सहमति प्रयास गर्दा अन्ततः समिति गठन सर्व सम्मत भएको हो । समितिका अन्य सदस्यहरुमा कृष्ण प्रसाद मैनाली, कमला पान्डे , अंजु कुमारी चौधरी, गनी महतो र प्रेम कुमारी दनैइ रहेका छन ।
निर्मल खरेलको अध्यक्षता ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन भएको छ । संघको सदस्यहरुमा भगवान प्रसाई , निर्मल परियार, कुमार शिवाकोटी, पार्वती चौधरी, प्रभुनारायण चौधरी, राजेश चौधरी लगायत रहेका छन।
प्राविधिक शिक्षा अन्तर्गत कम्पुटर इन्जीनियर र ब्याचलर सम्म अध्ययन हुने यस विध्यालय हालै नमुना विध्यालयको रुपमा परेकोले विध्यालयको भौतिक निर्माणका थुप्रै कार्य तत्काल गर्नु पर्ने भएकोले धेरै सहकार्य र सहमति अनि पटक पटकको बैठक र छलफल पश्चात सोमबार वि.व्य. स . गठन गर्न सफल भएको विध्यालयका प्र अ रबिन्द्र प्रसाद साहले बताउनु भयो ।