वर्तमानकाल समाचारदाता । बारा । फागुन ११ गते
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ कन्चनपुर चोकबाट सशस्त्र प्रहरीले ५० हजार मुल्य बराबरको कुखुरा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र बेस क्याम्पस तेलकुवाहका सशस्त्र प्रहरी नायब निरिक्षक रन्जित कुमार मण्डलको नेतृत्वमा खटिएको टोलीले कुखुरा बरामद गरेको हो ।
बरामद कुखुरालाई पशु क्वारेन्टाइनका प्रतिनिधि रामधार साह, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी तथा स्थानीयको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
कुखुरा ल्याउन प्रयोग गरिएको ३ वटा मोटरसाइकललाई वीरगञ्ज भन्सारमा पठाइएको सशस्त्र प्रहरी निरिक्षक मण्डलले जानकारी गराएका छन् ।