वर्तमानकाल समाचारदाता । चन्द्रपुर । फाल्गुन १२ गते
नेकपा माधव प्रचण्ड समुहले रौतहट जिल्लाको चन्द्रपुरमा मंगलबार वृहत बिरोध प्रर्दशन गरेको छ । मुस्लिम संगठन नेपाल, नेपाल लोकतान्त्रीक मधेशी संगठन, आदिवासी जनजाति महासंघ नेपाल लगायतको आयोजनामा विरोध प्रर्दशन गरिएको सो समुहले जनाएको हो । विभिन्न जातीहरुको पहिचान सहित मुस्लिम, थारू, जनजाति, दलित भेषभुषा सहित बिरोध प्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेता नसरुदिन अन्सारीले बताउनु भयो । संसद विघटन विरुद्ध प्रचण्ड नेपाल समूह चौथो चरणको आन्दोलनमा छ । उसले यो चरणमा आफ्ना भातृ संगठन र मोर्चाहरुलाई सक्रिय बनाउने कोशिस गरेको छ । विरोध प्रर्दशन गरेको बेलुका नै संसद पुर्न स्थापन गर्ने सर्वोच्चले फैसला गरेको हो ।