वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १२ गते
नव नियुक्त प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा ( अहिराज ) ले दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गर्नु भएको छ । प्रदेश प्रमुख झा बाराको जीतपुर सिमरा जादै गरेको अवस्थामा रौतहटको चन्द्रपुर नगरपालिका भित्र पर्ने जङ्गलमा लमहाको लच्का नजिकै दुई मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।
उहाँले दुर्घटनामा घाईते भएका चार जनाको उद्धार गरी उपचारको लागि आफनै गाडीमा राखेर चन्द्रनिगाहपुरमा पठाउनु भएको थियो । उहाको यो कार्यले सर्बत्र प्रशंसा भएको हो । ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किदा घाईते भएका सुरज पहरी, जित बहादुर पहरी, बिकाश यादव र चित्ररेखा यादवको उहाले उद्धार गर्नु भएको हो । कार्यभार सम्हालेको तीन दिनमा नै उहाले यस्तो प्रशंसनिय कार्य गर्नु भएको हो ।
दुर्घटनामा परी छटपटाई रहेका घाईतेहरु प्रति उहाको नजर पुगेपछि मानबीय सहयोगमा जुटनु भएको हो । घाईतेको उद्धार गरेपछि उहाले प्रतिक्रिया दिदै भन्नु भयो नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी हो त्यसैले अन्य कार्यक्रम भन्दा पनि नागरीकको ज्यान बचाउने कार्य आफुले गरेको बताउनु भयो । सडकमा छटपटाइरहेका घाइतेहरु लाइ तत्काल अस्पताल पुरयाउन सहयोग गर्नु हरेक नागरीकको कर्तव्य रहेको प्रदेश प्रमुख झाले प्रतिकृया दिनु भयो । मानव भनेको मानव जीवन रक्षाका लागि काम नलागे त्यसको औचित्य नरहने उहाँले बताउनु भयो ।