वर्तमानकाल समाचारदाता । गौर । फाल्गुन १२ गते
भन्सार छलीका सरसामानहरु भन्सार कार्यालय प्रहरीले भन्सार कार्यालय बुझाएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गस्ती गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा नेपाल तर्फ भित्र्याई ल्याएका अन्दाजी मुल्य एक लाख सत्र हजार एक सय साठी बराबरको मालबस्तु वेवारीसे अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नं. ६ धर्मपुर बागमती खोलाको नजिकमा सर्लाहीबाट रौतहट तर्फ आउने सडकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई मोटरसाईकलहरुमा कपडा, चिनी, किराना सर(सामानहरु लोड गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ५ बस्ने बर्ष २० को अर्जुन सहनी र ऐ.ऐ. वडा नं. ३ बस्ने बर्ष १९ को सोमन कुमार सहनी समेतलाई नियन्त्रणमा लिई ३ वटा मलोटरसाईकल अं.मुल्य रु.८५,०००।( (पचासी हजार) बराबरको र अन्दाजी मुल्य तिहत्तर हजार सात सय चालीस बराबरको कपडा, चिनी समेत गरी जम्मा अन्दाजी मुल्य एक लाख अन्ठाउन्न हजार सात सय चालिस बराबरको र ऐ.मितिमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं. ६ पल्टुवा स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालमा ल्याउदै गरेको अन्दाजी मुल्य पन्ध्र हजार वरावरको २ वटा खसी वेवारीसे अवस्थामा फेला पारेको समेत गरी जम्मा अं. मुल्य रु.२,९०,९००।((दुई लाख नब्बे हजार नौ सय) बराबरको मालबस्तु, ३ वटा मोटरसाईकल र २ जना मानिस समेत नियन्त्रणमा लिई रित पूर्वक बरामद गरी, आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।