रौतहट । फागुण ११ गते
सर्वोच्च अदालतको संसद विघटन बदर गर्ने निर्णयप्रति रौतहटमा खुसीयाली मनाइएको छ ।
सर्वोच्च अदालतले आज संसद विघटनको सरकारले गरेको निर्णय बदर गरी संसद पुर्नस्थापना गर्ने निर्णय गरेको छ ।
सर्वोच्चको संसद पुर्नस्थापना गर्ने निर्णयलाई रौतहटमा विभिन्न राजनैतिक दलले स्वागत गरेको छ ।
संसद पुर्नस्थापनाको खुसीयालीमा नेपाली कांग्रेस, नेकपा प्रचण्ड माधव समुह र जनता समाजवादी पार्टी सहित विभिन्न संघ संगठनले आज रौतहटमा मैनबत्ति बालेर दिप प्रज्वलन गरेको छ ।
जिल्लाको कटहरिया, गरुडा, गौर सहितका जिल्लाका ठाउँ ठाउँमा राजनितिक दलका नेता कार्यकर्ताहरुले सर्वोच्चले गरेको फैसलालाई स्वागत गर्दै खुसीयाली मनाएका छन ।
राजनैतिक दलका नेता कार्यकर्ता मात्र नभएर सर्वसाधारणहरुले समेत संसद् पुनःस्थापनाको खुसी मनाएका हुन् ।
प्रधानमन्त्रीले गत पुस ५ गते संसद विघटन गरेका थिए । प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले (आज) सोमबार उक्त निर्णयलाई उल्टाएको हो ।