वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १२ गते
रौतहटमा प्रतिनिधिसभा पुर्नस्थापनाको गरियो भव्य स्वागत गरिएको छ । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरे सँगै एक चोटी फेरी तरंग पैदा भएको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको खबर आए सँगै चर्चा नै चर्चा चल्न थालेको छ । साथै विघटित प्रतिनिधिसभाको बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेको छ ।
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु । — माधव कुमार नेपाल
,,,,,,,,,
संसद विघटनको विरुद्ध सर्वोच्च आदालतले गरेको फैसला सराहनिय छ । सर्वोच्च आदालतले जुन फैसला गरेको छ । हामीले यो फैसलालाइ मानेर चल्ने छौं । किनभने विधिको शासन मान्नेले आदालतको निर्णय मान्ने गर्दछन् । संसद पुर्न स्थापना कसैको जित वा कसैको हार छैन् । सबै यसलाइ मान्नु पर्छ । प्रधानमन्त्री र राष्ट्रपतिले जे गरेतापनि हामीले सर्वोच्चको आदेश पाल्ना गर्दै सर्वोच्च लाइ मुरी मुरी धन्यवाद दिन चाहन्छु । —पूर्व मन्त्री अनिल झा
,,,,,,,,,
सर्वोच्च अदालतको आजको ऐेतिहासिक निर्णय, संविधान को मर्म र भावना अनुसार निर्णय भएकोछ फेरि एकपटक बिधिको शासन को जित भएको छ। नेपाली जनताको त्याग र बलिदान बाट आयको पद्धतिको रक्षाका भएको छ सबै लाई हार्दिक बधाई तथा शुभकामना।
रामस्नेही राय यादव
नगरप्रमुख वृन्दावन तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति रौतहट ४
,,,,,,,,,,,,,,,
सर्वाेच्च आदालतले जुन निर्णय गरेको छ । यो सत्यको जित भएको र संविधान अनुसार भएको हो । श्रमजिवी ,सर्वहारा, दलित, उतपिडित सबै हकमा यो निर्णय भएको छ । संविधान जिन्दाबाद । असत्यको हार भएको हो । हामीले सर्वोच्चको फैसला लाइ स्वागत गर्दछौं । —पूर्व मन्त्री सत्यनारायण भगत
,,,,,,,,,,,,,,,
सर्वाेच्च आदालतको निर्णय स्वागत योग्य हो । प्रतिगमनलाइ साथ दिनेहरुको उल्टा गिन्ती आज देखि सुरु भएको छ । सत्यको जित भएको छ । असत्यको पराज्य भएको हो । —प्रदेश सांसद नागेन्द्र यादव
,,,,,,,,,,,,,
सर्वाेच्च आदालतको निर्णय स्वागत योग्य हो । यो निर्णय आए सँगै प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्दछ ।
—कृषि राज्य मन्त्री योगेन्द्र यादव
,,,,,,,,,,,,
सर्वाेच्च आदालतको निर्णय ले सारा नेपालीहरु खुशि भएको छ । यो निर्णय आए सँगै प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्दछ । एउटा तानाशाहीको अन्तय भएको छ । —मेयर प्रत्यासी नेपाली काँग्रेस अजय प्रकाश जयसवाल , कटहरिया नपा
,,,,,,,,,,,
सर्वाेच्च आदालतको निर्णय ले सारा नेपालीहरु खुशि भएको छ । यो निर्णय आए सँगै प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्दछ । एउटा तानाशाहीको अन्तय भएको छ । —मेयर प्रत्यासी नेपाली काँग्रेस अजय प्रकाश जयसवाल , कटहरिया नपा
,,,,,,,,,,,,,,,,,,
प्रतिनिधीसभा पुर्न स्थापना भए सँगै जनतामा खुसियाली छाएको छ । यो निर्णयले प्रधानमन्त्री कदम गलत थियो भने सावित गरेको छ —समाजसेवी नसरुदिन अन्सारी
,,,,,,,,,,,,
सर्वोच्चको यो फैसलाले नेकपा पार्टीकै जित भएको हो । फेरी कम्युष्टि पार्टीको सरकार बन्ने भयो । —प्रदेश सांसद कुन्दन कुशवाहा