वर्तमानकाल समाचारदाता । रौतहट । फागुण १२ गते
रौतहटको वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गरेको निर्णलाई स्वागत गरेका छन ।
मेयर यादवले सर्वोच्च अदालतले आज संसद विघटन गर्ने सरकारको निर्णयलाई बदर गरी संसद पुनस्थापना गर्ने गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन ।
नेपाली कांग्रेसबाट निर्वाचित वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले सर्वोच्चले संसद विघटनको निर्णय बदर गरी सम्पुर्ण नेपाली जनताको पक्षमा फैसला गरेको बताएका छन ।
न्यालयले संविधानको मर्म र भावना अनुसार निर्णय गरेकोले फेरी एकपटक बिधिको शासनको जित भएको मेयर यादवले बताए । अदालतको फैसलाले सम्पुर्ण नेपाली जनताको जित भएको समेत मेयर यादवले बताए ।
नेपाली जनताको त्याग र बलिदानबाट आएको पद्धतिको रक्षा भएको समेत उनले बताए ।
सर्वोच्चले देश र जनताको पक्षमा गरेको फैसलाले अदालतप्रति आम जनताको विश्वास झन बढेको समेत उनले बताए ।
सर्वोच्चले गरेको फैसलाले आम जनताको न्यालयमाथी अझै विश्वास बढेको समेत उनले बताए ।
न्यालयले लोकतन्त्र, गणतन्त्र, संविधान, देश र जनताको पक्षमा गरेको फैसलालले नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको मेयर राम स्नेही यादवले बताए ।