वर्तमानकाल समाचारदाता । गौर । फाल्गुन १३ गते
रौतहट जिल्ला सदरमुकाम गौरमा विकास सम्बन्धि अन्तरक्रिया तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा सो कार्यक्रम गरिएको थियो । गौर स्थित होटेल सिया प्यालेसमा बुधवार कार्यक्रम आयोजन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सो कार्यक्रम आयोजन गरिएको थियो । यस अवसरमा संघीय सांसद माननीय रेखा झा, प्रदेश सांसदहरु, जिल्ला स्थित स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु तथा जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितिमा विकास सम्बन्धि अन्तरक्रिया तथा)समन्वय कार्यक्रम सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।