वर्तमानकाल समाचारदाता । रौतहट । फागुण १३ गते
रौतहटको गुजरा नगरपालिकाका कार्यपालिका सदस्य एवम् दलित अगुवा पुनित रामले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गरेको निर्णलाई स्वागत गरेका छन् । सर्वोच्चको यो फैसलाले न्यायलयमाथि जन्ताको विश्वास अझै बढेको वहाँले यस्तो बताउनु भएको हो ।
रामले सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयलाई बदर गरी संसद पुनस्थापना गर्ने गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
जसपा नेता रामले सर्वोच्चले संसद विघटनको निर्णय बदर गरी सम्पुर्ण नेपाली जनताको पक्षमा फैसला गरेको बताएका छन ।
न्यालयले संविधानको मर्म र भावना अनुसार निर्णय गरेकोले फेरी एकपटक बिधिको शासनको जित भएको वाहाँले बताए । अदालतको फैसलाले सम्पुर्ण नेपाली जनताको जित भएको समेत वहाँले बताए ।
सर्वोच्चले गरेको फैसलाले आम जनताको न्यालयमाथी अझै विश्वास बढेको समेत उनले बताए ।
न्यालयले लोकतन्त्र, गणतन्त्र, संविधान, देश र जनताको पक्षमा गरेको फैसलालले नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको उनले बताए ।