रौतहट । फागुन १३ गते
प्रदेश नम्बर २ मुख्यमंत्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले प्रदेश समन्वय परिषद सदस्य तोकेको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल मनोनयन हुनु भएको छ ।
प्रदेश समन्वय परिषदको सद्स्यमा प्रदेश २ को आठै जिल्लाहरूबाट एक एक जना प्रतिनिधि गरेर प्रदेश नम्बर २ लाई समग्र रुपमा समेटिएको छ । फागुन ११ गते संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा २४ को उपदफा १ को खण्ड ९ ङ ० मा भएको व्यवस्था बमोजिम मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश समन्वय परिषदको सद्स्य तोकिएको हो ।
प्रदेश नम्बर २ को प्रदेश समन्वय परिषदको सद्स्य तोकिएको रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेललाई सोसलमीडिया फेसबुक बाट बधाई तथा सफल कार्यकालको शुभ कामना दिने शुभेक्छुक तथा आफन्तहरुको भीड़ बढेको देखिएको छ । मेयर पटेलले संधै प्रसंसनीय कार्य गरेको उहाका निकट शुभ चिन्तकहरु बताउछन ।