वर्तमानकाल समाचारदाता । मौलापुर । फाल्गुन १४ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मीनीया—बाबुलाल स्मृती प्रतिष्ठान द्धारा श्रद्धाञ्जली कार्यक्रम आयोजन गरिएको थियो । स्व.लक्ष्मीनीया देविको सातौ वार्षिकीको अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह । मौलापुर नपाकी मेयर रिना कुमारी साह , त्रिभुवन साह सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो । सो अवसरमा उपस्थित व्यक्तीहरु स्व.लक्ष्मीनीया देविको तस्बीरमा फुलमाला चढाइ गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।