रौतहट । फाल्गुन १४ गते
वर्तमानकाल दैनिकको आजको अन्तरवार्ताका लागि हाम्रा अतिथि हुनुहुन्छ नेकपा माधव प्रचण्ड समूहका युवा नेता कटहरिया ७ बगहीका सम्शुुदिन आलमज्यू उहाँसँग यस अन्तर्गतका विषयवस्तुहरू सुरु गर्न चाहन्छौं , सर्वप्रथम स्वागत छ तपाईंलाई…
धन्यवाद । वर्तमानकाल दैनिक सम्पूर्ण प्रकाशक समुहलाई
प्रश्न १.सर्वप्रथम तपाइको परिचय दिनुहोस् ?
जवाफ ः– मेरो नाम सम्शुुदिन आलम । घर कटहरिया नपा ७ बगही, रौतहट ,म नेकपाको सधारण सभा सदस्य तथा बगहीका पूर्व नेकपाका वडा अध्यक्ष प्रत्यासी छु । मेरो शिक्षा स्नातक तह उतीर्ण ।
प्रश्न २. देशमा अहिलेको वर्तमान राजनितिक अवस्था, सर्वोच्चले गरेको फैसलाप्रति तपाइ के भन्न चाहनु हुन्छ ?
जवाफ ः– सर्वोच्चले गरेको फैसला एकदम स्वागत योग्य छ । प्रतिगमनकारीहरुले चालेको असंबैधानिक कदम असफल भएको छ । यसमा जनताको जित भएको छ । न्यायालय प्रति जनताको विश्वास झन बढेको छ । सर्वोच्चको यस्तो निर्णयलाई हामी स्वागत गरेका छौ । सर्वोच्चको यस्तो निर्णयले देश दुर्घटनामा जान बाट जोगिएको छ ।
प्रश्न ३. तपाईको बगहीबाट निर्वाचित स्थानीय जनप्रतिनिधीले गरेका बिकास निर्माणका कार्यहरुबाट तपाई लगायत वडाबासीहरु कतिको सन्तुष्ट छन ?
जवाफ ः– के सन्तुष्ट हुनु, वडामा भएको बिकास निर्माणका कार्यहरुमध्ये पूर्ण रुपमा बिकास भएकै छैन । अधुरो बिकासले जनता कसरी सन्तुष्ट हुन्छन त । वडामा हुने विभिन्न बिकास निर्माणका कार्यहरुमा स्थानीय जनप्रतिनिधीले आफु राजीखुशी बिकास गर्ने हुदा जनता सन्तुष्ट हुने कुरै आएन । वडामा हुने विभिन्न बिकासका कार्यहरुमा स्थानीय तथा भद्र भलादमीसंग कुनै पुछपुछारत नै नगरि आफनो ईच्छा अनुसारको कार्य गर्दा आम स्थानीय लगायत नेता कार्यकर्ताहरु असन्तुष्ट छन ।
प्रश्न ४. स्थानीयहरुको भनाई अनुसार वहाले आफनो वडाको विभिन्न सडकहरुमा लगानी गर्नु भएको छ । यसमा तपाई के भन्न चाहनुहुन्छ ?
जवाफ ः– सडकमा त लगानी गर्नु भएको हो तर एउटा पनि सडक पूर्ण रुपमा काम सकेको वा सुदृढ भएको देखिदैन । यसको कारण हो बजेटको दुरुपयोग, सहि तरिकाले बजेको सदुपयोग नगरेर पैसा खेर फाल्ने कार्य मात्र भएको हो हाम्रो वडामा । उदाहरणको लागि बगही कदम चौक देखि कटहरिया जाने पुलसम्मको बाटोमा ५ लाख रुपैया रकम रहेपनि रकम अनुसारको कार्य नहुदा स्थानियहरुले सास्ती खेपिरहेको देखिन्छ । त्यस्तै कदम चौक देखि थारु टोल जाने बाटोमा ग्रेभलको योजना भएपनि गुणस्तरिय कार्य नभएको तथा नूनिया टोलमा रहेको कालोपत्रे योेजनामा चित नबुझने खालको कार्य भएको हो ।
प्रश्न ५. तपाईको वडामा रहेको विधालय तथा स्वास्थ्य चौकीको अवस्था कस्तो छ ?
जवाफ ः– शिक्षा तथा स्वास्थ्य क्षेत्रको बारेमा कुरा गर्दा ठिकै छ अवस्था । हाम्रो वडामा विधालय अहिले कक्षा १२ सम्म चलिरहेको छ । स्वास्थ्यमा पनि सुधार भएको देखिन्छ । जेहोस सम्रगमा हैर्दा वडाभरिमा शिक्षा तथा स्वास्थ्यको अवस्थामा पहिले भन्दा अहिले केही सुधार भएको देखिन्छ ।
प्रश्न ६. तपाईको विचारमा कुन तरिकाले बिकास निर्माणका कार्यहरु गर्दा सबै जना सन्तुष्ट हुन्छन ?
जवाफ ः– बिकासका कार्य गर्नेले यदि सन्तुष्टि राखी कार्यहरुलाई अगाडी बढाइयो भने सर्व सधारण आफै सन्तुष्ट भइहाल्छ । भनाईको अर्थ बजेट विनियोजन हुदा शिर्षक अनुसारको रकमलाई दुरुपयोग नगरि कम्तीमा ७५ प्रतिशत मात्र रकमको बिकास कार्य गरे भने वडा स्वर्ग भई दिने हो ।
प्रश्न ७. अन्त्यमा तपाई आफना सम्पूर्ण वडाबासीलाई यो पत्रिकाको माध्यमले के संदेश दिन चाहनु हुन्छ ?
जवाफ ः– सम्पूर्ण वडाबासीले हेर्दै आएको यो देशको प्रस्थिती अवगत नै छ । त्यसैले म के भन्न चाहन्छु सबैले आफनो लगायत आफना भावी सन्तती राम्रो भविष्यको लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिनु र शिक्षित व्यक्तिलाई आफनो प्रतिनिधित्व गर्ने छान्नु । अन्तमा वर्तमानकाल दैनिक टिमलाई मेरो कुरा राख्न मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद छ ।