ईप्रका गरुडामा कार्यरत एक जना प्रहरी हवल्दार पदबाट प्र. स.नि. पदमा बढुवा तथा पदस्थापन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
ईप्रका गरुडामा कार्यरत एक जना प्रहरी हवल्दार पदबाट प्र. स.नि. पदमा बढुवा तथा पदस्थापन


वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गते
ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जना प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा पदस्थापन गरिएको छ । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्शाल काठमाण्डौको यही फाल्गुन १३ गतेको पत्रले जनपद प्रहरी प्रशासन समुह तर्फको प्रहरी हवल्दार चित रन्जन कुमार पाण्डेयलाई बढुवा तथा पदस्थापन गरिएको हो । निज पाण्डेयलाई फाल्गुन १४ गतेका दिन प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा पदस्थापन गरिएको हो । ईलाका प्रहरी कार्यालय गरुडाको कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रवि रावलबाट कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थितिमा दर्जानी चिन्ह शु–शोभन कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा बढुवा भएका प्रहरी सहायक निरीक्षक तथा उपस्थित प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुखद्धारा अमुल्य निर्देशन समेत दिईएको ईप्रका गरुडाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस