वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १५ गते
निजगढ नपामा मेयर सुरेश कुमार खनालले अति बिपन्न सुचिमा रहेका अल्पसंख्यक चेपाङ समुदायका विद्यार्थीहरूलाई निजगढ नगरपालिकाले आवाशीय सुविधा सहित आधारभूत तहको शिक्षाको निशुल्क व्यवस्था गर्ने बताउनुभएको छ ।
श्री शिव शक्तेश्वर आधारभूत विद्यालयको ५२ औ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुदै मेयर खनालले चेपाङ समुदायको विद्यार्थीहरुको लागि नगरपालिकाले आवश गृहको निर्माण गर्न लागेको उनले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्ष मै आवाश निर्माण कार्य शुरु गर्नेगरी प्रक्रिया अघि बढाएको बताउनुभयो ।
मजदुरीको शिलशिलामा चेपाङ समुदायका अभिभावाकले आफ्ना बालबच्चालाई समेत संगै श्रमकोलागी लैजाने भएकोले उनीहरुको अध्ययनमा असर परेको भन्दै मेयर खनालले आवश सहितको निशुल्क शिक्षा दिइने व्यवस्थाको अवधारणा अघि सारेको खनालले बताउनुभयो । वडा नम्बर १३ डम्मरपुर स्थित श्री शिव शक्तेश्वर आधारभूत विधालयमा चेपाङ आवाश निर्माण गर्ने योजना रहेकोछ मेयर खनालले भन्नुभयो आवश गृह सहितको अध्यापनको व्यवस्था गरेपछि चेपाङ समुदायको अध्यापनमा चासो बढ्ने हामीले अनुमान गरेकाछौ ।
आवश गृहमा विध्यार्थीहरुकोलागी खाना सहित शैक्षिक सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरुको नगरपालिकाले नै व्यवस्था गर्ने पनि मेयर खनालले बताउनुभयो । आधारभूत तहको अध्ययन गर्दागर्दै बालबालिकाहरुले बिचैमा पढाई छोड्दा चेपाङ समुदायको विद्यार्थीहरूको शैक्षिक स्तर माथि उठ्न नसकेको हो । निजगढ नागरपालिकाको १३ नम्बर वडामा ३ दर्जन भन्दा बढी चेपाङ परिवारको बसोबास रहेको छ ।
आर्थिक रुपमा अति बिपन्न स्तरका चेपाङ समुदायको शैक्षिक स्तर समेत अत्यन्तै न्यून रहेको छ। बाराको निजगढ सहित मकवानपुर,धादिङ,चितवन,तनंहु,गोरखा,लमजुङ जिल्लामा चेपाङ समुदायहरुको बसोबास रहेको छ । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घलानको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान लगायतको सहभागिता रहेको थियो ।