वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १५ गते
गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले बारा को प्रमुख जिल्ला अधिकारी सहित ३६ जिल्ला का प्रमुख जिल्ला अधिकारी को सरुवा गरेको हो । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो ।
यो संगै बारा का प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल लाई स्याङ्जा मा सरुवा गरेको छ भने अब बारा मा सर्लाही का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल आउने भएका छन् ।त्यस्तै चितवन का प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सर्लाही मा सरुवा भएका छन् । बारा बाट जान लागेका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल ४ महिना अघि जिल्लामा आएका थिए ।
यस संगै गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।