खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष विष्टको निधन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (२ घण्टा अघि)
  • ४८ पटक पढिएको
खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष विष्टको निधन

बाजुरा, १० वैशाख। जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको  उमेरमा गएराति निधन भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस