दियो पोस्टको कार्यालयमा प्रहरी पुगेपछि थपियो चासो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (५९ मिनेट अघि)
  • ५१ पटक पढिएको
दियो पोस्टको कार्यालयमा प्रहरी पुगेपछि थपियो चासो

काठमाडौं ,१३ कात्तिक। दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेको छ। अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको एक पत्रकारले जानकारी दिए।

त्यहाँ पुगेका प्रहरीले दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने र त्यसका लागि लिन आएको पत्रकारले जानकारी दिए।

ती पत्रकारका अनुसार दियो पोस्टको कार्यालयमा ४ जना प्रहरी पुगेका हुन्।

त्यस्तै दियो पोस्टले केहीबेरअघि प्रधान्यायाधीशसम्बन्धी समाचारका विषयमा धम्की आएको समाचार पनि प्रकाशन गरेको छ। प्रहरीले आजै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइसकेको छ।

त्यस्तै नयाँ पत्रिकाको कार्यालयमा पनि साधा पोसाकका प्रहरी पुगेर पत्रकार नवराज मैनालीसँग कुराकानी गर्नुपर्नेछ भन्दै उनीबारे सोधखोज गरिरहेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस