सादा पोशाकमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (४८ मिनेट अघि)
  • ५२ पटक पढिएको
सादा पोशाकमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा

काठमाडौं ,१३ कात्तिक।  नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् ।

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।

‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ’, पन्तले भने ।

यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस