बझाङमा आपसी विवादले लियो एक जनाको ज्यान, ६ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (७ घण्टा अघि)
  • ४६ पटक पढिएको
बझाङमा आपसी विवादले लियो एक जनाको ज्यान, ६ जना पक्राउ

काठमाडौं, २१ असार। बझाङमा एक जनाको हत्या भएको छ । केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय  मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या गरेको पाइएको बताए ।

उनकाअनुसार हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

बोहराको शव मकै बारीमा फालेको अवस्थामा फेला परेको छ ।

डीएसपी जोराले अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाबारे विस्तृत विवरण त्यसपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस