बालेन शाह र लक्सनबीच टेलिफोन संवाद, नेपाल–न्यूजिल्याण्ड सम्बन्धबारे के भयो कुराकानी ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१ घण्टा अघि)
  • ४५ पटक पढिएको
बालेन शाह र लक्सनबीच टेलिफोन संवाद, नेपाल–न्यूजिल्याण्ड सम्बन्धबारे के भयो कुराकानी ?

वीरगञ्ज , २६ भदौ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई जानकारी गराएका छन् ।

शुक्रबार भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढीमा बेपत्ता विदेशी नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीका लागि भइरहेको प्रयासबारे लक्सनलाई जानकारी दिए।

सो क्रममा शाहले विपद्को समयमा न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीबापतको वित्तीय सहयोग जुटाउन न्यूजिल्याण्ड सरकारको सहयोगसमेत मागेका छन्।

टेलिफोन वार्ताका क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा आएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस