१२ असोज, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ ।प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।भिरालो सतहका बस्तीमा जमिन चिराचिरा परेपछि १५/१६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ ।अविरल वर्षापछि जमिन गलेका कारण सो बस्तीको जमिन चिराचिरा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।