
काठमाडौं, ३१ साउन। रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ ।
यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो ।
तर, आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको स्रोतले बतायो ।
भ्रमणका क्रममा उनी तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । यसअघि उनी मानसरोवर जाने/नजाने निश्चित भएको थिएन ।
