
काठमाडौं, २६ भदौ। प्रतिनिधिसभाको बैठकको असोज १५ सम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ ।
बैठकले असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ।
दसैँअघि बैठक असोज १६ गतेसम्म सदन चलाउनबारे छलफल भएको जनाइएको छ ।
