
धनुषा,०५ जेठ। धनुषाको जनकनन्दिनी गाउँपालिकामा कुकुरको एक हुलले जथाभावी टोक्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ प्रखे महुवामा आईतबारदेखि नै कुकुरको एक हुलले स्थानीय बालबालिकाहरुलाई टोकेर घाईते बनाएको छ ।
महुवामा १५ जना र खजुरी विद्यालयका ३ जना विद्यार्थी गरी १८ जनालाई टोकेर घाईते बनाएको थियो । सोमबार बिहानसम्म थप ४ जनलाई टोकेर २२ जनालाई घाईते बनाएको हो ।
कुकुरको हुलले गाउँमा हिडने बालबालिकामाथि लम्कीने, घेरा हालेर टोक्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
कुकुर खोज्न निस्केका स्थानीयहरु
कुकुरको टोकाईबाट स्थानीय चन्द्रलालको छोरा बर्ष ७ को अभिराज, कौराका नाती बर्ष ५ का गोपाल पासवान, स्थानीय जितेन्द्रका नातिनी बर्ष ४ की कबिता, बर्ष ४० का उमेश साह बाँनिया, बोनिया महरा, किशोरी मुखिया, रामदेव सोनार, अँगैया पासवानका नातीनी राधिका पासवान, मनोज ठाकुर लगायतलाई टोकेर घाईते बनाएको हो ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीले जानकारी नभएको प्रतिक्रिया दिएको छ । जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले घटना भएको पुष्टि गरिन् । वडाध्यक्षलाई उदृत गर्दै सहगलले कुकुरले करिब दुई दर्जन व्यक्तिलाई टोकेको घटना भएको बताईन् ।
