राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ६, सोमबार (९ महिना अघि)
  • ५ पटक पढिएको
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राैतहट, ५ जेठ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रका लागि गरिएको खरिद प्रक्रियामा अनियमितता गर्दै गैरकानुनी लाभ लिएको र राज्यलाई हानि पुर्‍याएको ठहर गर्दै सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उनीहरूले आपसी मिलोमतोमा प्रक्रियागत त्रुटि गर्दै भ्रष्टाचार गरेको प्रमाण भेटिएको छ। आयोगले दायर गरेको आरोपपत्रमा सार्वजनिक सम्पत्तिको दुरुपयोग, खरिदमा पारदर्शिता नअपनाएको, प्रतिस्पर्धी प्रक्रियालाई प्रभावित पारेको जस्ता विषय उल्लेख छन्।

ताजा अपडेट

खोजी गर्नुहोस