रूपेश यादव राैतहट ५ जेठ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं ६ पेटभर्वा स्थित श्री माध्यमिक विद्यालय पेट्भर्वाका प्रधानाध्यापक रामकिशोर प्रसाद यादवको एक भव्य समारोहका बीच सोमबार बिदाइ तथा सम्मान गरिएको छ। ३३ वर्षसम्म विद्यालयको नेतृत्व गरेका यादव २०४९ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनकै नेतृत्वकालमा विद्यालयले उल्लेखनीय प्रगति गरेको थियो। विशेषतः प्राथमिक बिधालय बाट सुरु गरेको बिधालय अधारभुत हुदै माध्यमिक तह सम्म पुर्याउनु भएको प्रधानाध्यापक यादवलाई बिदाइ गर्दा बिद्यार्थीहरुमा रुवावासी चलेको थियोे ।
विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-कर्मचारीहरूद्वारा आयोजित बिदाइ कार्यक्रममा पप्रधानाध्यापक यादवका योगदानको उच्च मूल्याङ्कन गरिएको थियो।
कार्यक्रमको अवसरमा व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले गम्छा, अबिर र खादा ओढाएर सम्मान गरिएकाे थिए। यादवको योगदानको स्मरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमा देवि यादवले भने, “उहाँको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षाको नयाँ उचाइ हासिल गरेको छ। उहाँको सेवाभाव र नेतृत्व क्षमताले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।” फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले अवकाश प्राप्त प्रधानाध्यापक यादवका योगदानको चर्चा गर्दै अबको जीवन सुखमय बितोस भने कामना गर्नु भएको थियो ।
कार्यक्रम पश्चात विद्यालय परिवार र स्थानिय समुदायका प्रतिनिधिहरूको सहभागितामा बाजागाजासहित उनको घरसम्म बिदाइ गरिएको थियो।
कार्यक्रममा विभिन्न बक्ताहरुले उनको सेवा, निष्ठा र योगदानलाई विद्यालय परिवारले सदैव स्मरण गर्ने बताइएको छ। यादवको बिदाइसँगै विद्यालयले अब नयाँ नेतृत्व राधेश्याम यादवले सम्हालेका छन भने कार्यक्रममा गाउँमा भद्रभलाद्मी राजनीतिक दल पुर्व बिधालय व्यवस्थापन समितिका अध्यक्षहरु लगाएत सुरक्षाकर्मी तथा पत्रकारहरुकाे उल्लेखनीय उपस्थिति रहेका थियो ।


