रमेश कुमार यादब
जेष्ठ ०५, रौतहट
शिक्षा क्षेत्रमा देखिएको दीर्घकालीन समस्याको समाधानको खोजी गर्दै गरुडा नगरपालिकाले ऐतिहासिक निर्णय लिँदै आफ्नै स्रोतबाट विभिन्न तहका २४ जना शिक्षक नियुक्त गरेको छ । नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा भएको यस पहललाई चौतर्फी रुपमा प्रशंसा प्राप्त भइरहेको छ । नगरभित्रका विद्यालयहरूमा शिक्षकको अत्यधिक अभावका कारण पठनपाठनमा
अवरोध हुँदै आएको थियो । केन्द्र सरकारले पटक(पटक अनुरोध गर्दा पनि आवश्यक संख्यामा शिक्षक उपलब्ध नगराएपछि नगरपालिकाले जोखिम मोल्दै आफ्नै स्रोत र साधनबाट शिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रमका बीच नगर प्रमुख जैसवालको प्रमुख आतिथ्यतामा नवनियुक्त शिक्षकहरूलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममार्फत शिक्षकहरूलाई तोकिएको विद्यालयमा खटाइने प्रक्रिया पनि सुरु गरिएको छ । नगर प्रमुख जैसवालले कार्यक्रममा सम्बोधन गर्दै भने, हामीले शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधानका लागि बारम्बार केन्द्रसँग आग्रह गर्यौं, तर शिक्षकको व्यवस्था हुन सकेन । अन्ततः हामीले आफैं आँट गरेर नगरको स्रोतबाट शिक्षक नियुक्त गरेका छौं ।

उनले थपे, अब पठनपाठनमा आएको बाधा हट्ने विश्वास लिएको छु । नगरपालिकाले नियुक्त गरेका शिक्षकहरूमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका गरी विभिन्न विषयका २४ जना शिक्षकहरू छन्। यसबाट नगरभित्रका २२ विद्यालयहरू लाभान्वित हुनेछन । कार्यक्रममा नगरपालिकाका शिक्षा स(संयोजक चाँन्द अलीले कार्यक्रम सञ्चालन गरेका थिए भने २२ विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।
नगर प्रमुख जैसवालले राष्ट्रिय साक्षरता अभियानमा समेत योगदान र्पुयाउने उद्देश्यले यस निर्णय लिइएको बताए । उनले शिक्षा सबैका लागि समान र सहज हुनुपर्छ भन्ने उदेश्यकासाथ आगामी दिनहरूमा पनि यस्ता योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाए । स्थानीय अभिभावक, नागरिक समाज, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरूले यस कदमको खुलेर प्रशंसा गरेका छन्। ।

उनीहरूले यो निर्णयले नगरभित्रको शैक्षिक गुणस्तरमा ठुलो सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। । यसरी, गरुडा नगरपालिकाले शिक्षक नियुक्तीको माध्यमबाट शिक्षा क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्दै स्थानीय तहबाटै सम्भव परिवर्तनको
राम्रो उदाहरण प्रस्तुत गरेको छ ।