वडा अध्यक्ष रामेश्वर यादवद्वारा प्रहरी चौकीलाई सहयोग ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ७, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
वडा अध्यक्ष रामेश्वर यादवद्वारा प्रहरी चौकीलाई सहयोग ।

रूपेश यादव
रौतहट,०६ जेठ ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामेश्वर प्रसाद यादवले स्थानीय प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग गरेका छन्।

यादवले प्रहरीको कार्यसम्पादनमा सहज होस् भन्ने उद्देश्यले प्रहरी चौकीलाई भाडा, बर्टाम्ब्राक (कार्यालय प्रयोगका फर्निचर) र अन्य आवश्यक फर्निचर सामग्रीहरू प्रदान गरेका हुन्।

उनले दिएको यो सहयोगले चौकीको कार्य दक्षता बढाउने र स्थानीय नागरिकहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिइएको छ। वडा अध्यक्ष यादवले भने, शान्ति सुरक्षाको प्रत्याभूति स्थानीय तहको जिम्मेवारी पनि हो। प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराएर हामीले त्यो जिम्मेवारीको निर्वाह गरेका हौं।”

प्रहरी चौकीका प्रतिनिधिहरूले यो सहयोगप्रति आभार व्यक्त गर्दै यो सहयोगले प्रहरी सेवाको प्रभावकारिता बढ्ने बताएका छन्। स्थानीयबासीले पनि वडा अध्यक्षको यो कदमको प्रशंसा गर्दै, यसले सुरक्षा संयन्त्रमा विश्वास र सहयोगको भावना बढाउने बताएका छन्।

वडा अध्यक्ष यादवका अनुसार वडामा निर्वाचित भए देखी नै आफ्नो वडालाई एउटा नमुना वडा बनाउने उदेश्यले आफू यस्ता कयौं कामहरू गरेको उदाहरण हाे।

उक्त कार्यक्रममा गाउँका भद्रभलादमी राजनीतिदल सुरक्षाकर्मी तथा संचारकर्मीकाे उपस्थित रहेका थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस