मुसहर समुदायका करिब ४० प्रतिशत महिला नागरिकताविहीन छन् : मुख्यमन्त्री सिंह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
मुसहर समुदायका करिब ४० प्रतिशत महिला नागरिकताविहीन छन् : मुख्यमन्त्री सिंह

वर्तमानकाल सम्वाददाता
जेष्ठ ०६ गते ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहले मुसहर समुदायका ३०÷४० प्रतिशत महिलाहरू अहिले पनि
नागरिकता विहीनको अवस्थामा रहेको बताएका छन् । ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो एउटा गम्भीर समस्या हो, उनको भनाइ छ ।’ उनले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट बञ्चित हुनुपरेको तथ्य प्रस्तुत गरे ।

मुख्यमन्त्री सिंहले जबसम्म मुसहरलगायत दलित समुदाय शिक्षाबाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्नो अधिकारका लागि लड्न नसक्ने भएकाले दलित शिक्षामा जोड दिनुपर्ने बताए । उनले शिक्षा नै सशक्ति करणको मूल आधार भएकाले अबको आन्दोलन कलम तथा किताबका लागि हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री सिंहले मुसहर समुदायका अभिभावकहरूलाई आफ्ना बालबालिकालाई न्यूनतम एसइईसम्म पठनपाठन गराउनुपर्ने तथा बालविवाह रोकेर २० वर्ष पुगेपछि मात्र छोराछोरीको विवाह गर्न सुझाव दिए ।

उक्त अवसरमा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा सोहन साहले गुणस्तरीय शिक्षाको विकासमा मधेश प्रदेश सरकार लागिपरेकाले सबैले आफ्नो छोराछोरीको शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गरे । सो संस्थाका अध्यक्ष लोचन सदाको अध्यक्षतामा भएको सो कार्यक्रममा हंसपुर नगरपालिकाका पूर्वनगरप्रमुख रामज्ञान मण्डल तथा समाजसेवी चन्देश्वर सदाले पनि मुसहर जातिको आर्थिक तथा सामाजिक अवस्थाबारे जानकारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस