रबिन्द्र प्रजापति
जेठ ०७, रौतहट
रौतहटका यूवाहरुकाथी मेनपारलले लुट माचाएको छ । मेनपावरका दलालहरुले रौतहटबाट दुबई जाने यूवकहरुसंग पैसा असुली गरेर सम्पर्क विहीन छ । मेनपावरका दलालले दुबई पठाई दिन्छु भन्नि विभिन्न लोभ लाल्च दिएर करिब १० महिना देखी सम्पर्क विहीन बनेको छ ।
एजेन्टले नै सम्पर्क विहीन बनेपछि रौतहटबाट विदेश जाने यूवकहरुले अहिले डिप्रेशनको शिकार बनेको छ । धनुषा जिल्ला आफ्नो घर बताउने मनिष सिंह अहिले रौतहटबाट दुबई जाने यूवकहरुको फोन नउठाएको र पैसा लिएर फरार भएको कटहरिया नगरपालिका वडा नम्बर ५ का स्थानिय पिडित अरबिन्द साहको आरोप छ । धनुषा जिल्लाको जनकपुर स्थित डिगम्बरपुर आफ्नो घर बताउने मनिष सिंह पछिल्लो समय काठमाण्डुको बालकुमारी क्षेत्रमा मेडिकल क्लिनिकमा बोलाई कटहरिया सहित आसपासका युवकहरुसंग ७ हजारको दरले पैसा असुलि गरेर फरार भएको कटहरियाका यूवकहरुले बताए ।
पैसा असुलि गरेर फरार रहेका मेनपावरका दलाल सिंहले पैसा बुझने दिन सबैको रगत र पिसाब मात्र चेँक जाँच गर्दै अन्तिम दुई महिनामा तपाईहरुलाई दुबई पठाई दिन्छु भन्नेर रुपैयाँ ठगी गरेर अहिले सम्पर्क विहीन बनेको पिडित यूवकहरुको बताउछन । काठमाण्डुको बालकुमारी स्थित महालक्ष्मी नगरपालिका वडा नम्बर ४ ईमाडोलमा रहेको सम्योग प्याथ ल्याब एण्ड क्लिनिकमा बोलाई कटहरियाका करिब दुई दर्जन यूवकसंग पैसा असुलि गरेको युवकहरुले बताए । १ वर्ष नाघे पनि विदेशको सपना सजाएर बसि रहेका छन ।
त्यती मात्र नभई, पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मेनपावर हरुले लुट मच्चाएका छन् । वैदेशिक रोजगारीमा जानका लागि मेनपावर कम्पनीहरुले मनोमानी तरिकाले तीन देखि चार लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि आर्थिक अवस्था कमजोर भएकाहरु विदेश जान नपाएर ठूलो समस्यामा परेका छन् ।देशमा रोजगारी नपाएर रौतहटका युवाहरु मलेशिया, दुबई, कतार, सउदी, कुवेत लगायतका मुलुकमा रोजगारी गर्न जान खोजे पनि काठमाण्डुस्थित मेनपावरहरुले मलेशियाका लागि ३ देखि ४ लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि गरिब, विपन्न परिवारका युवाहरु मलेशियासहितका खाडी मुलुकमा जान सकिरहेका छैनन् ।
सरकारले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिने मलेशियासहित ७ वटा देशका लागि फ्रि भिसा र फ्रि टिकट लागु गरे पनि सो निर्णय कार्यान्वयन गराउन नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरुले पैसाको अभावमा अहिले वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुन थालेका छन् । मलेशियाका लागि मेनपावर कम्पनीहरुले पहिला एक देखि डेढ लाखसम्म मात्र शुल्क लिदै आए पनि अहिले केही महिना यता तीन देखि चार लाखसम्म रुपैयाँ लिन थालेका छन् ।
एक त मिटर ब्याजका कारण गाउँ घरमा ऋण पाउन मुस्किल भएको र त्यसमा पनि मेनपावर र तिनका दलालहरुले मलेशियाका लागि चार लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि पैसाको अभावमा आफू विदेश जान नपाएको बेरोजगार यूवाहरुले बताए । देशमा
रोजगारीको अवसर सृजना नहुँदा बाध्यतावस परिवारको गुजारा चलाउन श्रम गर्न विदेश जान खोज पनि मेनपावरहरुले चर्को शुल्क लिन थालेपछि आफू देशमा रोजगारी नै नपाएको र विदेश नै जान सकेकोले परिवारको गुजारा अब कसरी चलाउने भन्ने चिन्ता सताएको उनहरुले दुखेसो गरे ।


