तस्करीका मोबाइल र पार्टपूर्जा सहित ८ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
तस्करीका मोबाइल र पार्टपूर्जा सहित ८ जना पक्राउ

काठमाडौं,०८ जेठ। तस्करीका सामानसहित प्रहरीले आठ जनालाई काठमाडौंको चमती एरियाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको गौरीगंज गाउँपालिका-१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, भारतका ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, भारतकै ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, भारतीय नागरिक ३१ वर्षीय मोहमद रेहान र भारतीय नागरिक २४ वर्षीय रौनक ठाकुर छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका समानहरु सहित पक्राउ गरेको हो ।

उनीहरुले मोबाइल र मोबाइलका पार्टपूर्जा भन्सार छलेर ल्याई चमीतमा भण्डारण गर्ने बेच्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस