प्रेस काउन्सिलको अनुरोध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौं,०८ जेठ। प्रेस काउन्सिल नेपालले गैरपेसागत कार्य नगर्न पत्रकारहरूलाई अनुरोध गरेको छ । देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको गुनासो आएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिराहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘मिडियाको आवरण दिई आफू पत्रकार भएको भन्दै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गई विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रूपमा कार्ड बनाई गैरपेसागत क्रियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरुपयोग गर्दै कतिपय जिल्लाका सिमानामा गएर धाकधम्की दिने, असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भनी पीडितसँग रकम असुली गर्ने कार्य भैरहेको स्थानीयले गुनासो गर्दै आएका छन।

युट्युब च्यानलमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरीत वैयक्तिक गोपनीयता प्रतिकूल, सामाजिक सद्भाव बिगार्ने र पारिवारिक विखण्डन गराउने किसिमको सामग्री प्रसारण गर्ने गरेका गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ,’ काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


 

ताजा अपडेट

खोजी गर्नुहोस