धनुषामा श्रीमतीको हत्या गरी १० महिने छोरीलाई लिएर फरार भएका श्रीमान् पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ६ पटक पढिएको
धनुषामा श्रीमतीको हत्या गरी १० महिने छोरीलाई लिएर फरार भएका श्रीमान् पक्राउ

धनुषा,०८ जेठ। धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् । श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए ।

स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन । धनुषा प्रहरीले घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस