एम्बुलेन्स दुर्घटनाहुँदा रामेछापमा: तीनजना घाइते, दुई गम्भीर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

रामेछाप, ८ जेठ। रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाबाट शवसहित पाँज जना बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश–३–०३–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स खाँडादेवी गाउँपालिका–३ को चार घरे जङ्गलमा बिहीबार मध्याह्नमा दुर्घटना भएको हो ।

दोरम्बा शैलुङ गाउँपालिका–२ बाट शव, एक जना प्रहरी जवानसहित पाँच जना बोकेको एम्बुलेन्समा सवार यात्रुलाई पाँच मिनेट लागेपछि खाँडादेवी गाउँपालिका–३ को चार घरे जङ्गलमा रोकिएको थियो ।

पाँच मिनेट गरेपछि फेरी चढ्दै गर्दा एक्कासि एम्बुलेन्स गुडेर सडकबाट करिब १०० मिटर तल झरेको इलाका प्रहरी कार्यालय चोप्राङ रामेछापका प्रहरी सहायक निरीक्षक गणेश देवकोटाले जानकारी दिनुभयो । 

दुर्घटनामा परी गम्भीर घाइते बनेका दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । एम्बुलेन्समा सवार प्रहरी जवान सकुशल रहेको र एम्बुलेन्स चालक सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस