ऋण नतिरेको आरोपमा अर्याललाई पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
ऋण नतिरेको आरोपमा अर्याललाई पक्राउ 

काठमाडौं,०८ जेठ। सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ । 

ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 

ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो । 

२०८० असार २७ मा काठमाडौँ जिल्ला अदालतले उनलाई रकम भुक्तानी गर्न आदेश गरेपनि अर्याल अटेर गरेर बसेका थिए । अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस