बारामा नोकिया र वर्ल्डलिंक कम्पनीका १७,२७० थान राउटर लोड गरिएको ट्रक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शुक्रबार (९ महिना अघि)
  • ३ पटक पढिएको
बारामा नोकिया र वर्ल्डलिंक कम्पनीका १७,२७० थान राउटर लोड गरिएको ट्रक पक्राउ

बारा,०९ जेठ। बारा प्रहरीले झण्डै तीन करोड रुपैयाँ बराबरको अवैध सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरी नायब निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको टोलीले वीरगञ्जबाट कास्की जिल्लातर्फ जाँदै गरेको ना ५ ख ९१४९ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो।

जाँचको क्रममा ट्रकमा लोड गरिएका सामग्रीको बिल शंकास्पद देखिएपछि सामानसहित ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकमा नोकिया र वर्ल्डलिंक कम्पनीका १७,२७० थान राउटर लोड गरिएको थियो, जसको मूल्य रु. २ करोड ७० लाख ५६ हजार ३ सय ८ रहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, सामानको कागजात अस्पष्ट र अपूरा रहेकोले शंका उत्पन्न भएको हो।

पक्राउ परेका सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

बारा प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने अवैध व्यापार नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ। पछिल्ला दिनहरूमा राजमार्ग क्षेत्र हुँदै हुने शंकास्पद मालसामान ढुवानीमा कडाइ गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस