टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ११, शनिबार (९ महिना अघि)
  • ४ पटक पढिएको
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

वीरगन्ज,१० जेठ। वीरगन्ज महानगरपालिका– १७ अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी मोटरसाइकलचालक २२ वर्षीय छोटु साह सोनार र पछाडि सवार वीरगन्ज महानगरपालिका–२९ रतनपुर टोल निवासी २९ वर्षीय सुकुरुला अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार अपरान्ह वीरगन्जबाट अलौतर्फ आउँदै गरेको बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सोनारको टाउ र छातीमा चोट लागेको थियो । उनको उपचारको क्रममा निलकण्ठ अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

यस्तै, मोटरसाइकल पछाडि सवार वीरगन्ज महानगरपालिका–२९ रतनपुर टोल निवासी २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका थिए । अन्सारीको कमर र दुबै खुट्टामा चोट लागेर घाइते रहेको अवस्थामा उपचारको क्रममा नेसनल मेडिकल कलेज वीरगन्जमा अहिले मृत्यु भएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

ठक्कर दिने टिपरसहित चालक कलैया उपमहानगरपालिका–१६ निवासी ३२ वर्षीय कृष्णप्रसाद पटेललाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको लम्सालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस