लागुऔषधसहित ४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • ३ पटक पढिएको
लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं,११ जेठ। काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद दिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस