
कञ्चनपुर, १४ फाल्गुन। कञ्चनपुरमा घरमा रुख ढलेर एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छिन् । गएराति बेदकोट नगरपालिका– ३, पेतिलालका कुलबहादुर महताको घरमा रुख ढक्का ५० वर्षीया शारदा महताको मृत्यु भएको छ भने ४० वर्षीया सीता महता घाइते भएकी हुन् ।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले घरछेउमै रहेको कुसुमको रुख कच्ची घरमा ढलेपछि शारदाको घटनास्थलमै ज्यान गएको र सीता घाइते भई महाकाली अस्पतालमा उपचार भइरहेको बताए । हावाहुरीविनै ढलेको रुखले महताको घरमा ब्रजपात मच्चिएको छ । शारदाको निधन र सीता घाइते भएसँगै घरपरिवार शोकमा डुबेका छन् ।
