मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाए मतदान गर्न पाइने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १३, बिहिबार (२ घण्टा अघि)
  • २८ पटक पढिएको
मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाए मतदान गर्न पाइने

काठमाडौं, १४ फाल्गुन। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान र्गा पाइन्छ ।

‘यही बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सूचना सम्प्रेषण गर्ने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय छ ।

यो निर्णयसहित अन्य पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस