रौतहटमा १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (२ घण्टा अघि)
  • ५७ पटक पढिएको
रौतहटमा १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालित

रौतहट, १७ फाल्गुन। आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रौतहटमा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज केसीले कटहरिया–स्थित नमुना माध्यमिक विद्यालयमा राखिने मतदान केन्द्र तथा मतगणना स्थलको निरीक्षणपछि उनले सो जानकारी दिएका हुन् ।

निर्वाचनका लागि १० हजार बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुसालले जानकारी दिए । निर्वाचनको समय शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ । सेनाले सैनिक सवारी साधनसहित व्यापक सुरक्षा गस्ती र निगरानी बढाएको प्रजिअ भुसालले जनाए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता बढाउदै मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ भुसालले बताए ।

निरीक्षण टोलीमा न्यायाधीश केसी संगै प्रजिअ  दिनेश शागर भुसाल, नेपाली सेनाका कर्णेल बिश्वास बिष्ट, रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजाल, सशस्त्रका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दाससहितको टोली खटिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस